‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु  « Khabarhub

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु 


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु एक्स्पोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे  । चार दिनसम्म चल्ने मेलामा विभिन्न देशका ३ सय भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरू का १५० भन्दा बढि स्टल रहेको आयोजकले जनाएका छन् । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले बिभिन्न उत्पादनहरू उपभोक्ताहरूलाई बुझ्न एक्स्पोमार्फत सहज हुने विश्वास व्यक्त गरे । नेपालको बजारमा विदेशी उत्पादनको कारखाना स्थापना गर्न पनि यस्ता एक्स्पोले उत्प्रेरित गर्ने उनले बताए ।

एक्स्पोमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : ३६ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा