नेपालमै नोटसम्बन्धी छपाई गर्न सुरक्षित मुद्रण विधेयक ल्याइएको हो : मन्त्री शर्मा « Khabarhub

नेपालमै नोटसम्बन्धी छपाई गर्न सुरक्षित मुद्रण विधेयक ल्याइएको हो : मन्त्री शर्मा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाई नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक ल्याइएको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका छलफलका क्रममा मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतको सामग्री सुरक्षित रुपमा छपाइ गर्न उक्त विधेयक ल्याइएको बताएकी हुन् । 

उनले सुरक्षित मुद्रणको काम नेपालमा नै हुँदा डाटा सुरक्षित रहने र ठूलो राजस्व बाहिर जानबाट जोगिने धारणा राखिन् । मन्त्री शर्माले सुरक्षित मुद्रण जस्तो महत्वपूर्ण विषय गठन आदेशको भरमा चलाउँदै आएकोमा कानून बनेपछि उक्त आदेश खारेज हुने जिकिर गरिन्  । उनले राष्ट्रियसभाको संशोधन र अहिलेको संशोधनलाई ध्यानमा राखेर टुङ्गोमा पुर्याउनुपर्ने बताइन् ।

बैठकमा समिति सदस्यहरूले सुरक्षण मुद्रणको कामलाई सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । समिति सदस्य रघुजी पन्तले सरकारले नै सुरक्षित मुद्रण स्थापना गर्दा खर्चिलो हुने भएकाले यसको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । उनले विद्युतीय बैंकिङ कारोबार बढ्दै गएको अवस्थामा विस्तारै रु एक हजार र ५ सयका नोटहरु बजारबाट खिच्नुपर्ने पनि बताए ।

त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले सरकारी वेबसाइटहरू सेक्युरिटी अडिट हुन नसक्दा ह्याकिङ बढेको बताए । उनले टियुको वेबसाइट ह्याक हुनु गम्भीर विषय भएकाले यसमा सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । 

त्यस्तै अन्य समिति सदस्यहरूले सुरक्षाको हिसाबले राष्ट्रिय महत्व रहेका विषयमा गम्भीर भएर कानूनलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ५ : १४ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छन् : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान