सीआईबीबाट समातिएका अरुण चौधरी को हुन् ? | Khabarhub Khabarhub

सीआईबीबाट समातिएका अरुण चौधरी को हुन् ?


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी सम्पत्ति हिनामिनाको आरोप लागेपछि पक्राउ परेका अरुण चौधरी नेपालका एक मात्र अर्बपति बिनोद चौधरीका सहोदर भाइ हुन् । लुनकरणदास चौधरीका तीन छोरामध्ये अरुण चौधरी कान्छा हुन् ।

उनका दुई दाजुहरू बिनोद चौधरी (चौधरी ग्रुप)का अध्यक्ष हुन् भने अर्का दाजु बसन्त चौधरी बीएलसी होल्डिङ प्रा.लिका अध्यक्ष  हुन् । यो कम्पनीको नर्भिक इन्टरनेशनल हस्पिटल, विभिन्न शैक्षिक संस्था लगायतमा मुख्य लगानी रहेको छ ।

चौधरी गुप्रका विभिन्न संस्थामा आवद्ध रहेर काम गर्दै आएका अरुण चौधरी भने सीजी होल्डिङका अध्यक्ष हुन् । अरुणको स्वामित्वमा रहेको सीजी होल्डिङले मदिरा उद्योग, होटल ब्यवसायमा पनि लगानी गरेकाे छ ।

चौधरी गुप्र अन्तर्गतको सीजी होल्डिङ्गले गोदावरीमा रहेको बियर उद्योग हिमालयन ब्रुअरी र त्रिशक्ति डिष्टिलरीमा लगानी गरेको छ ।

यसका अलवा सीजी होल्डिङले चितवनको टाइगर ल्याण्ड रिसोर्ट खरिद गरी होटल व्यवसायमा पनि लगानी गरेको छ । झण्डै ६० वर्ष पुरानो टाइगर ल्याण्ड रिसोर्टको खरिदमा पनि अरुण चौधरीले शक्ति र सत्ताको दुरुपयोगको आरोप लागेको छ ।

यसले बूढानीलकण्ठमा मेराकी वेलनेस रिट्रिट नामको रिसोर्ट सञ्चालन गरिरहेको छ । यस्तै सानेपामा रहेको होटल भिभान्तामा पनि अरुणको मुख्य लगानी रहेको छ ।

होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा एकलौटी राज गर्दै आएका अरुण चौधरी हंगेरीका लागि नेपालका अवैतानिक राजदूत पनि हुन् ।

उनी सन् २००९ मा नेपाल सरकार मातहतको ब्यापार ट्रेडको सदस्य भएका थिए । नेपाल भारत चेम्बर अफ कर्मस एण्ड इन्डष्ट्रिजको अध्यक्ष भएर १० वर्ष काम गरेका अरुण चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घको कार्य समितिका पूर्वसदस्य पनि हुन् । उनी नेपाल चेम्बरमा दुई वर्ष कार्य समिति सदस्य रहेका थिए । उनका नाममा अरुण चौधरी फाउन्डेसन पनि रहेको छ ।

याे पनि…

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ११ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह