सीआईबीबाट समातिएका अरुण चौधरी को हुन् ? « Khabarhub

सीआईबीबाट समातिएका अरुण चौधरी को हुन् ?


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी सम्पत्ति हिनामिनाको आरोप लागेपछि पक्राउ परेका अरुण चौधरी नेपालका एक मात्र अर्बपति बिनोद चौधरीका सहोदर भाइ हुन् । लुनकरणदास चौधरीका तीन छोरामध्ये अरुण चौधरी कान्छा हुन् ।

उनका दुई दाजुहरू बिनोद चौधरी (चौधरी ग्रुप)का अध्यक्ष हुन् भने अर्का दाजु बसन्त चौधरी बीएलसी होल्डिङ प्रा.लिका अध्यक्ष  हुन् । यो कम्पनीको नर्भिक इन्टरनेशनल हस्पिटल, विभिन्न शैक्षिक संस्था लगायतमा मुख्य लगानी रहेको छ ।

चौधरी गुप्रका विभिन्न संस्थामा आवद्ध रहेर काम गर्दै आएका अरुण चौधरी भने सीजी होल्डिङका अध्यक्ष हुन् । अरुणको स्वामित्वमा रहेको सीजी होल्डिङले मदिरा उद्योग, होटल ब्यवसायमा पनि लगानी गरेकाे छ ।

चौधरी गुप्र अन्तर्गतको सीजी होल्डिङ्गले गोदावरीमा रहेको बियर उद्योग हिमालयन ब्रुअरी र त्रिशक्ति डिष्टिलरीमा लगानी गरेको छ ।

यसका अलवा सीजी होल्डिङले चितवनको टाइगर ल्याण्ड रिसोर्ट खरिद गरी होटल व्यवसायमा पनि लगानी गरेको छ । झण्डै ६० वर्ष पुरानो टाइगर ल्याण्ड रिसोर्टको खरिदमा पनि अरुण चौधरीले शक्ति र सत्ताको दुरुपयोगको आरोप लागेको छ ।

यसले बूढानीलकण्ठमा मेराकी वेलनेस रिट्रिट नामको रिसोर्ट सञ्चालन गरिरहेको छ । यस्तै सानेपामा रहेको होटल भिभान्तामा पनि अरुणको मुख्य लगानी रहेको छ ।

होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा एकलौटी राज गर्दै आएका अरुण चौधरी हंगेरीका लागि नेपालका अवैतानिक राजदूत पनि हुन् ।

उनी सन् २००९ मा नेपाल सरकार मातहतको ब्यापार ट्रेडको सदस्य भएका थिए । नेपाल भारत चेम्बर अफ कर्मस एण्ड इन्डष्ट्रिजको अध्यक्ष भएर १० वर्ष काम गरेका अरुण चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घको कार्य समितिका पूर्वसदस्य पनि हुन् । उनी नेपाल चेम्बरमा दुई वर्ष कार्य समिति सदस्य रहेका थिए । उनका नाममा अरुण चौधरी फाउन्डेसन पनि रहेको छ ।

याे पनि…

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ११ बजे

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा