अरुण चौधरीलाई पक्राउ गर्नु गलत : उद्योग परिसंघ « Khabarhub

अरुण चौधरीलाई पक्राउ गर्नु गलत : उद्योग परिसंघ


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसङ्घले असन्तुष्टि जनाएको छ।

परिसङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।

अरुण चौधरी यही देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छोडेर कतै जान नलागेको परिसंघले जनाएको छ। राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको र यसप्रति निजी क्षेत्रको घोर आपत्ति रहेको परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको परिसंघको ठहर छ। चौधरीको पक्राउको घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयतालाई उपेक्षा गरेको जस्तो देखाएको र यसले परिसंघलाई सोच्न बाध्य तुल्याएको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी गरिरहेको र अर्कोतर्फ उद्योगी व्यवसायीमाथि धरपकडको डण्डा बर्साउँदा स्वदेशी लगानीकर्ता सरकारको आश्वासनबाट तर्सिएको परिसंघले जनाएको छ। यसले लगानीको वातावरण बिथोलेको परिसंघको निष्कर्ष छ।  

परिसंघले कसूर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफ्नो विमत्ति नरहेको उल्लेख गरेको छ। उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नभएको परिसंघले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित