सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : अध्यक्ष अग्रवाल « Khabarhub

सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : अध्यक्ष अग्रवाल


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।

अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई पक्राउ गर्नु देशको हित विपरित भएको टिप्पणी गरेका छन्।

‘एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्कोतिर व्यावसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,’ उनले भने, ‘पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो ।’

व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौँ अगाडि कुरामा पक्राउन गर्नु गलत भएको उनको भनाइ थियो। व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने उनको तर्क छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : ०२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते