प्रमुख शाह र राजदूत थम्प्सनबीच शिष्टाचार भेट  | Khabarhub Khabarhub

प्रमुख शाह र राजदूत थम्प्सनबीच शिष्टाचार भेट 


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले भेट गरेका छन्  । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । 

भेटका क्रममा प्रमुख शाहले भने, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन् ।’ 

राजदूत थम्प्सनले  सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने क्षेत्रगत प्रतिनिधि र कार्यक्रम महानगरपालिकासँग सम्बन्धित हुन सक्छन् । त्यस ठाउँमा सम्भावित कार्यक्रमका बारेमा छलफल गर्न सकिन्छ । छलफलमा धारणा राखिएको थियो ।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणासमेत दिएका छन्  । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’