प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदुरपश्चिमलाई हरायो « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदुरपश्चिमलाई हरायो


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवौँ जित दर्ता गराएको छ ।

यस जितसँगै पुलिसले ९ खेलबाट १८ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।

सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सुदुरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउदै एक सय २० रनमा समेटियो । सुदुरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन जोडे । त्यसैगरी नरेन साउदले २४ रन बनाएका थिए ।

बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एकरएक विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै एक सय ९८ रनको योगफल बनाएको थियो ।

पुलिसका लागि शङ्कर रानाले सर्बाधिक ४६ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाएभने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : २८ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः