दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने « Khabarhub

दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् ।

एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् ।

माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनेछन् । अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् ।

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ३४ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा