राष्ट्रपति मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएकोमा मालदिभ्सका विपक्षी पार्टीको आपत्ति | Khabarhub Khabarhub

राष्ट्रपति मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएकोमा मालदिभ्सका विपक्षी पार्टीको आपत्ति


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

माले- पछिल्लो समय राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएको भन्दै मालदिभ्सका दुई विपक्षी पार्टीले आपत्ति जनाएका छन् । मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) र डेमोक्र्याट्सले संयुक्त विज्ञप्ति जारी गदै भारतसँगको सम्बन्ध बिग्रिए मुलुकको दीर्घकालीन विकासका लागि निकै ‘हानीकारक’ हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा मालदिभ्सको विकासका लागि महत्वपूर्ण साझेदार, विशेषगरी लामो समयदेखिको साहयोगी मुलुकलाई पाखा लगाएर दीर्घकालनी विकास नहुने उल्लेख गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसबाहेक हिन्द महासागरको स्थायित्व र सुरक्षा आफ्नो मुलुकको सुरक्षा र स्थायित्वका लागि अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमडीपी र डेमोक्र्याट्सले मालदिभ्स सरकारले रचनात्मक भएर स्थायित्व कायम गर्नुपर्ने र जनताको हितका लागि सबै विकासका साझेदारहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ४३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले