पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि | Khabarhub Khabarhub

पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरी पुर्याइन् ।

पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गाेलले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ०४ बजे

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि