पुष्पा-२ को एक फाइट सिनका लागि ५० करोड खर्च « Khabarhub

पुष्पा-२ को एक फाइट सिनका लागि ५० करोड खर्च


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्लु अर्जुनको पुष्पाः २ उर्फ पुष्पाः द रुल बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। जहाँ सबैले यो फिल्मको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् र यसको हरेक अपडेटमा नजिकबाट नजर राखिरहेका छन्। 

यसैबीच निर्माण पक्षले चलचित्र ‘गंगामथल्ली जठारा’ को विशेष दृश्यको छायांकन ठूलो परिमाणमा सम्पन्न गरेको खबर आएको छ । यो एक दृश्यमा ठूलो रकम खर्च गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो एउटा गीतको सिलसिला हो जसमा झगडा र भावनात्मक तत्व पनि रहेका छन् । यो ३० मिनेट लामो सिक्वेन्स बनाउन ३५ दिन लागेको थियो र यो विशेष दृश्यका लागि निर्माताले ५० करोड रुपैयाँ खर्च गरेका छन्, जुन सामान्य फिल्म बनाउन पर्याप्त रकम हो ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ सुकुमारले लेखेका र निर्देशन गरेका हुन् । कुनै पनि प्रमोशन बिना नै यो फिल्म ब्लकबस्टर साबित भएर बक्स अफिसमा राज गर्न सफल भएको थियो । त्यो बेला २०० करोडको लागतमा बनेको फिल्मको पहिलो भागले प्रचार नगरी ३७० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यो फिल्म सुपरहिट भयो र यसको संवाद, कथा र नृत्यको निकै प्रशंसा भयो ।

अब निर्माताहरूले यसको दोस्रो भाग ठूलो मात्रामा बनाउँदैछन् जुन ५०० करोडको लागतमा बनिरहेको जनाइएको छ । र, हाल ‘पुष्पा २’ को छायांकन अन्तिम चरणमा रहेको छ भने आगामी  १५ अगस्तमा हलमा रिलिज हुँदैछ । 

गत वर्ष अल्लु अर्जुनले पुष्पा २ को आफ्नो फर्स्ट लुक पोस्टर सेयर गरेका थिए, जसमा उनले सारी लगाएका थिए र उनको अनुहार निलो र रातो रंगमा रंगिएको थियो। पछि फिल्मको फहद फासिलको लुक पोस्टर पनि रिलिज भयो । फ्यानहरू अहिले रश्मिका मन्डन्नाको लुक पोस्टरको प्रतीक्षामा छन् ।

भर्खरै रश्मिका मन्डन्नाले पनि पुष्पा २ लाई टिज गर्दै फिल्म पहिले भन्दा ठूलो बन्ने बताएकी थिइन् । अभिनेत्रीले पुष्पा २ को बारेमा पिंकपिलालाई भनिन्, ‘म तिमीलाई वाचा गर्न सक्छु कि पुष्पाः २ धेरै ठूलो हुनेछ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : २३ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम