अफ्रिकी राष्ट्र चाडमा विपक्षी नेताको गोली हानी गरियो हत्या « Khabarhub

अफ्रिकी राष्ट्र चाडमा विपक्षी नेताको गोली हानी गरियो हत्या


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको गोली हानाहानमा मारिएका छन् ।

राज्य अभियोजक ओमर महमत केडेलायेले एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन ।

‘सो क्रममा  राजधानी एनुजामेनामा डिल्लोको पार्टीको मुख्यालय नजिकै भारी बन्दुकको आवाज सुनिएको थियो, त्यसैमा उनी मारिए, ’ एक प्रत्यक्षदर्शीले भने । उनका अनुसार नेशनल सेक्युरिटी एजेन्सीको भवन नजिकै यसअघि भएको झडपमा धेरै व्यक्तिको मृत्यु भए पछि गोली हानाहान भएको थियो ।

‘उनले आत्मसमर्पण गर्न चाहेनन् र उल्टै सुरक्षा अधिकारी माथी गोली हाने,’ चाडका सञ्चार मन्त्री अब्दरमान कौलामल्लाहले भने ।

बिहीबार राजधानीमा ठूलो मात्रामा सेनाको उपस्थिति थियो र राष्ट्रपति भवनमा प्रवेश निषेध गरिएको थियो। इन्टरनेट पहुँच, जुन एक दिन पहिले अवरुद्ध थियो, अझै पनि पुनर्स्थापित भएको छैन ।

सैन्य अधिकारीहरूले सत्ता कब्जा गरेको तीन वर्षपछि मध्य अफ्रिकी राज्यलाई संवैधानिक शासनमा फर्काउनका लागि मे र जुनमा हुने राष्ट्रपतिको चुनाव अघि तनावको बीचमा हिंसा भड्किएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ३४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको