गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । 

सो घटनामा परी २८० जना घाइते भएका छन्।

इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायली प्रवक्ताले गाजा अधिकारीहरूको आरोपलाई अस्वीकार गर्दै घटना भएको भनिएको ठाउँमा कुनै गोलाबारी नभएको जिकिर गरेका छन ।

उही समयमा प्यालेस्टिनी अधिकारीहरूले एक अस्पतालले त्यहाँ १० जनाको शव लगिएको बताएको बताए। अक्टोबर ७ हमासको हमलापछि इजरायलको हवाई, सामुद्रिक र स्थल हमलाले गाजा शहर र उत्तरी गाजा वरपरको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ। लगातारको आक्रमणका कारण तीन चौथाइ जनसंख्या विस्थापनको सिकार भएका छन् ।

साथै, हमलाका कारण गाजाका जनतालाई सहायता पुर्‍याउन कठिन भएको मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्। तर इजरायलले संयुक्त राष्ट्रसंघीय निकायको दाबीलाई अस्वीकार गरेको छ। इजरायली एजेन्सी कोगाटले चिकित्सा सहायतामा अवरोध गरेको आरोप निराधार भएको बताएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ०६ बजे

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु

ताइपेई– ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ

एसिया कप खेलेर आइपुगे महिला क्रिकेटर, इन्दु भन्छिन्- उत्साहित छौँ, कमजोरी सुधार्छौँ

काठमाडौं- एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला

हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार

मनाङ– जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा

यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)

काठमाडौं- यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली

‘दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ’

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरि