संसदमा एक सिट पनि नभएका मान्छे प्रधानमन्त्री बन्छु भन्दै हिड्छन् : अध्यक्ष ओली « Khabarhub

संसदमा एक सिट पनि नभएका मान्छे प्रधानमन्त्री बन्छु भन्दै हिड्छन् : अध्यक्ष ओली


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एक सिट पनि नभएका व्यक्तिहरु प्रधानमन्त्री बन्छु भन्दै हिड्ने गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एक सिट पनि नभएका व्यक्तिहरु हिड्ने गरेको बताउनुभएको हो ।

अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उनले एमाले त्यस्तो पार्टी नभएको र दृष्टिकोण तथा इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाए ।

उनले सिर्जना र संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ५९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा