भिभो भी३० सार्वजनिक हुनु अघि नै इन्दिराको हातमा | Khabarhub Khabarhub

भिभो भी३० सार्वजनिक हुनु अघि नै इन्दिराको हातमा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल सोल्टीमा फेब्रुअरी २९ मा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएको छ ।

यो स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरूको खुलास भइसकेको छैन यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकर्ताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरू र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

कम्पनीका अनुसार नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाँय्गुइँबाट स्मार्टफोन फोटोग्राफीमा  क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्साउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएको फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ५७ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको