भिभो भी३० सार्वजनिक हुनु अघि नै इन्दिराको हातमा « Khabarhub

भिभो भी३० सार्वजनिक हुनु अघि नै इन्दिराको हातमा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल सोल्टीमा फेब्रुअरी २९ मा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएको छ ।

यो स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरूको खुलास भइसकेको छैन यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकर्ताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरू र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

कम्पनीका अनुसार नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाँय्गुइँबाट स्मार्टफोन फोटोग्राफीमा  क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्साउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएको फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ५७ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल