काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप « Khabarhub

काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लामा १ लाख ८० हजार बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ यहि फागुन १३ गतेदखी सञ्चालन भएको दादुरा रुबेला खोप अभियान अन्तर्गत काठमाडौं जिल्लाका विभिन्न स्थानीय तह र विद्यालयमा गरी १ लाख ८० हजारभन्दा धेरै बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले खवरहबलाई जानकारी दिए ।

आइतबारदेखि सुरु भएको अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाले खोप लगाइरहेका छन् । हालसम्म खोप अभियानमा बालबालिकाको राम्रै सहभागिता पाइएको पौडेलले बताए । उनका अनुसार खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिएका छन् ।

१५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना छ । खोप कार्यक्रमअन्तर्गत दादुरा रुबेलाका साथै नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिइरहेको उनले बताए । जसअन्तर्गत डीपीटी, पीसीभी र आईपीभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरुमा काठमाडौंलगायतका जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रुपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो । काठमाडौंलगायत २३ जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो ।

सरकारी तथ्याङ्क अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समुहको खोपमा पहुँच पुर्याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ०२ बजे

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल

दाङमा एमालेका कार्यकर्ताद्वारा रास्वपाको कार्यालय तोडफोड

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३