घरेलु मैदानमा नेपालको पुनरागमन जित « Khabarhub

घरेलु मैदानमा नेपालको पुनरागमन जित

शीर्षक्रम चलेन, मध्यमा नयाँ प्रयोग



काठमाडौं – नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । लगातारको हारलाई छाड्दै नेपालले शुक्रवार नामिबियामाथि तीन रनको जित निकाल्यो । यो जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै भएको हो ।

अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि तीन रनको जित निकालेको थियो ।

पहिला ब्याटङ गरेको नेपालले आठ विकेट गुमाएर नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङ्समा २० ओभर खेलेको नामिबियाको सात विकेट जाँदा १७७ रन मात्र बन्यो ।

नेपालले आज टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेन्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई मौका दिइएको थियो ।

ब्याटिङमा चुकेको शीर्षक्रम

 टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले २० ओभरमा १८० रन बनायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ५५ रन बनाए । ३७ बल खेलेका उनले चार छक्का र एक चौका प्रहार गरे ।

यसअघि नेपालले पहिलो ८ ओभरमा ४ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ओपनर आशिफ शेख १ रनमा आउट भए । कप्तान रोहित पौडेलले १० रन मात्र बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले ९ बलमा दुई चौका प्रहार गरेका थिए । नेपालले आज मध्यक्रममा नयाँ प्रयोग गरेको थियो ।

चौथो नम्बरमा गुलसन झा र पाँचौ नम्बरमा आरिफ सेखलाई ब्याटिङमा पठाइएको थियो । गुलसनले ओपनर अनिल शाहसँग आक्रामक साझेदारी गर्दै गर्दा तेस्रो विकेटको रुपमा शाह २३ रनमा आउट भए । उनले १७ बलमा तीन छक्का प्रहार गरे । चौथो विकेटको रुपमा पभेलिएन फर्केका गुलसनले १६ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २६ रन बनाए ।

यसपछि नेपालको इनिङ्सलाई कुशल मल्ल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए । उनले २४ बलमा चार चौका प्रहार गरे । ८ बलमा १६ रन बनाएका दिपेन्द्रसिंह ऐरीले दुई चौका हाने ।    

तीन बलमा एक छक्का हानेका करन केसी ७ रनमा आउट भए । सोमपाल कामी २ रनमा पभेलिएन फर्कदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।

नामिबियासँग दुई एकदिवसीय र एक टी–ट्वान्टी खेलको हारपछि आज नेपालले ब्याटिङमा नयाँ प्रयोग गरेको थियो । आज पनि नेपालको शीर्षक्रमले जिम्मेवार ब्याटिङ गर्न सकेन् । सुरुमा कमजोर बलिङ गरेका नामिबियाका बलरहरुले खेलको अन्त्यतिर नेपाली ब्याटरहरूलाई रन बनाउन दिएनन् ।

रोचक पुनरागमन

आईसिसी विश्वकप लिग-२ मा नेपालमाथि सानदार जित निकालेको नामिबियाको सोही टिमले टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पनि जर्बजस्त जित निकालेको थियो ।

सिरिजको दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले हारेको नेपालका लागि आजको खेलमा जित्नैपर्ने दबाब थियो । घरेलु मैदानमा लगातारको हारले नेपाली क्रिकेटप्रति शुभेच्छुकका अनेक टिप्पणी हुन थालेका थिए ।

१८१ रनको चुनौती पछ्याएको नामिबिया एक समय कमजोर स्थितीमा थियो । तर, दोस्रो इनिङ्सको १५ औँ ओभरमा करण केसीले २३ रन दिएपछि खेल नामिबियाको पक्षमा गएको जस्तो देखिएको थियो । तर अर्को ओभरमा दीपेन्द्र सिंह ऐरीले दुई विकेट झारेपछि नेपाल पुनः खेलमा फर्कियो ।
उनले ५० रन बनाएर खेलिरहेका कप्तान जेजे स्मिथ र जोन निकोल इटोनलाई आउट गरेका थिए । अर्को ओभरमा अविनाश बोहोराले जान फ्राइलिन्कलाई बोल्ड आउट गरे । तर १८ औँ ओभरमा दिपेन्द्रको बलिङमा नामिबियाका ब्याटरले १८ रन निकाले १९ औँ ओभरमा अभिनास बोहोराले ११ रन दिन पुगे । अन्तिम ओभरमा नामिबियालाई छ बलमा १२ रन बनाउनुपर्ने स्थिति बनेको थियो ।

यस्तोमा बलिङ गर्न आएका करण केसीले आठ रन मात्र दिएपछि खेल नाटकीय रूपमा नेपालको पक्षमा आएको थियो । योसँगै घरेलु मैदानमा लगातार चार खेलमा पराजयपछि नेपालले पुनरागमन गरेको छ ।

फाइनल समीकरण

शुक्रबारको जितसँगै नेपालको फाइनलमा पुग्ने आशा जिवित भएको छ । सिरिजमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । त्रिदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो ।

यो सिरिजमा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ । शुक्रबारको खेलअगाडि तीन देशमध्ये नेदरल्यान्ड्स दुवै खेल जितेर शीर्ष स्थानमा थियो भने नामिबियाले एक खेलमा जित र एक खेलमा हारसहित दोस्रो स्थानमा थियो । नेपाल चाहिँ दुवै खेल हारेर पुछारमा थियो ।

शुक्रबारको नतिजाले नेपाललाई तालिकाको दोस्रो स्थानमा पुर्‍याएको छ । अब नेपाल र नेदरल्यान्ड्स तथा नामिबिया र नेदरल्यान्ड्सको नतिजाले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ ।

जितपछि नेपाली क्रिकेट टिमका सदस्य करण केसीले टिमले मेहनत गर्दा पनि जित निकाल्न नसकेको र आजको जितबाट टिम उत्साहि भएको बताए । उनले यो जितलाई कायम राख्दै फाइनलमा पुग्ने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन