लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने ३६ वर्षीय धन बहादुर मुखिया, सोही नगरपालिका-७ बस्ने ३५ वर्षीया गंगा दर्जी र धनकुटा सहिदभूमि गाउँपालिका-३ बस्ने २२ वर्षीय टेकेन्द्र राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट अमरहाट समेतबाट खटिएको प्रहरीले मे.७ प ७३७५ नम्बरको मोटरइकलमा सवार मुखिया र दर्जीलाई ८ किलो गाँजा र  प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाइकलमा सवार राईलाई ३ किलो गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङकाे विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने ३२ वर्षीय भिम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, पर्साकाे वीरगञ्ज महानगरपालिका-२७ रामपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने २६ वर्षीय दिपक पटेललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यसैगरी, झापाकाे मेचिनगर नगरपालिका-६ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद २२ हजार ६ सय रूपैयाँसहित बिर्तामोड नगरपालिका-४ बस्ने २१ वर्षीय रबिन चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : १६ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका