शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवनअगाडि प्रदर्शन, विद्यार्थी नेता पक्राउ « Khabarhub

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवनअगाडि प्रदर्शन, विद्यार्थी नेता पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रदर्शन गरेको छ । संसद भवन नयाँ बानेश्वरअगाडि नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले दोषीलाई कडा कारबाहीको माग गर्दै पीडितलाई न्याय दिन माग गरे ।

प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए । उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेवि संघले आन्दोलन थप चर्काउँदै लैजाने नेविसंघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए ।

नेविसंघले देशैभरि प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : ४० बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि