चीनको पीएमआई ओरालो « Khabarhub

चीनको पीएमआई ओरालो


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको उत्पादन क्षेत्रको लागि खरिद प्रबन्धक सूचकाङ्क (पीएमआई) घटेको पाइएको छ । यो फेब्रुअरी महिनामा ४९.१ कायम भएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीए) का अनुसार गत महिना ४९.२ रहेको चीनको उत्पादन क्षेत्रको पीएमआई यस महिना ओरालो लागेको हो ।

जसमा ५० भन्दा माथिको अङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको अङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०–१७ चलेको ‘स्प्रिङ फेस्टिभल’ को लामो बिदाले गिरावट ल्याएको बताएका छन् ।

उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ ।

ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप–सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप–सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ४८ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०