जुम्लाले जित्यो कर्णाली प्रदेशस्तरीय फुटबलको उपाधि « Khabarhub

जुम्लाले जित्यो कर्णाली प्रदेशस्तरीय फुटबलको उपाधि


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ । आज भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले ह्याट्रिक गरे । यस्तै चौथो गोल महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा गरेका थिए । हुम्लाले उपविजेतामै चित्त बुझायो । प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यही फागुन १५ गतेदेखि सञ्चालन भएको थियो । जुम्लामा पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।

प्रतियोगितामा कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लाले सहभागिता जनाएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

आगामी २०८१ मङ्सिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ५८ बजे

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन