भारतले आफ्नै रक्षा प्लेटफर्मको विकास गरिरहेको छ : अध्यक्ष गुप्ते « Khabarhub

भारतले आफ्नै रक्षा प्लेटफर्मको विकास गरिरहेको छ : अध्यक्ष गुप्ते


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- बोइङ इण्डिया तथा दक्षिण एसियाका अध्यक्ष सलिल गुप्तेले भारतले आफ्नै रक्षा प्लेटफर्मको विकास गरिरहेको टिप्पणी गरेका छन् । अध्यक्ष गुप्तोले भारत रक्षा उपकरणको आयातकर्ता मुलुक भएपनि पछिल्लो समय भने विस्तारै रक्षा प्लेटफर्मको विकासमा लागिरहेको बताए ।

अध्यक्ष गुप्तेले समाचार संस्था एएनआईसँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘मेक इन इण्डिया’ योजनाबाट भारतले रक्षा उपकरण उत्पादनमा फड्को मारेको बताए ।

उनले मेक इन इण्डिया योजनाअनुसार आफ्नो कम्पनीले हरेक वर्ष १० हजार करोड भारतीय रुपैयाँ बराबरको निर्यात गरिरहेको पनि जानकारी दिए । उनले भारतीय रक्षा क्षेत्रमा बोइङको सहकार्य निरन्तर रहने पनि उल्लेख गरे ।

उनले बैङ्गलोरमा नयाँ इन्जिनियरिङ केन्द्र बन्न लागेको जानकारी दिँदै यसबाट थप सहकार्य विस्तार हुने उल्लेख गरे । उनले आगामी २० वर्षमा आफ्नो कम्पनीले २५ सय वटा जहाज भारत आपूर्ति गर्ने योजना रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : ५८ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको