नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : गृहमन्त्री श्रेष्ठ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताएका छन् । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैै उनले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गरे।

उनले भने, ‘चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।’ उनले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताए ।

चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेर्नुभएपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताए ।

“चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक चाम्सले भने ।

विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गरेका थिए। वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक छन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए। चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ०६ बजे

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

एजेन्सी– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र

साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

वाशिङ्टन- साउदी अरेबियाले एयर स्पेस नदिएपछि स्ट्रेट अफ हर्मुजमा अमेरिकी

ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो

वाशिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध रोक्ने तथा

इरानको अडान : परमाणु कार्यक्रमबारे कसैसँग कुनै वार्ता हुँदैन

तेहरान- इरानले परमाणु कार्यक्रमबारे कुनै वार्ता नगर्ने बताएको छ। इरानको