भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित « Khabarhub

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेकी हुन् ।

‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा. डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । ‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर–१० का डिआर पोखरेललाई प्रदान गरिएको छ । उनलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर–१ की सिम्रन क्षेत्रीलाई उहाँको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर–१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ । उनीहरूलाई जनही २५ हजार ७८ रुपैयाँ सहित सम्मान गरिएको हो ।

यस्तै राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ । उनलाई ४० हजार ७८ रुपैयाँसहित सम्मान गरियो । सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल ग¥यो । उनलाई ३० हजार ७८ सहित सम्मान गरिएको थियो ।

काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त गर्‍याे । उनलाई २० हजार ७८ बाट पुरस्कृत गरिएको छ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’  र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही १० हजार ७८ बाट पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ ।

उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो । उनलाई १० हजार ७८ रुपैयाँसहित पुरस्कृत गरिएको छ । यस्तै अनुस्का न्यौपानेलाई  आठ हजार ७८, चिरञ्जीवी दाहाललाई ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही चार हजार ७८ रुपैयाँ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ३४ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ