चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने- बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन « Khabarhub

चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने- बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

चीनको भ्रमण सकेर स्वदेश फर्किएका श्रेष्ठले च्रमण उपलब्धिमुलक भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिपूर्ण भएको र बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको तर्क गरे ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने र अन्तिम निष्कर्षमा पुग्ने बताए ।

नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको सन्देश आफूले दिएको उनको भनाई छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ३२ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत