चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने- बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन « Khabarhub

चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने- बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

चीनको भ्रमण सकेर स्वदेश फर्किएका श्रेष्ठले च्रमण उपलब्धिमुलक भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिपूर्ण भएको र बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको तर्क गरे ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने र अन्तिम निष्कर्षमा पुग्ने बताए ।

नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको सन्देश आफूले दिएको उनको भनाई छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ३२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा