हुन्डी कारोबारको आरोपमा दुई जना पक्राउ « Khabarhub

हुन्डी कारोबारको आरोपमा दुई जना पक्राउ


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

बरहथवा– प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका-७, घरभई मलङ्गवा नगरपालिका-९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । 

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, रु पाँच सय दरका छ सय २२ थान, रु एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो । 

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरूले अवैध हुन्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरूलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ४६ बजे

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई जना घाइते

काठमाडौं– काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको

अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार

मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंकको भूमिकामै प्रश्न, बैंकिङ क्षेत्र त्रसित

काठमाडौं– बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार प्रभु