‘खजुरे ब्रो’मा अनुबन्ध भएर ‘रावायण’बाट निकालिएको होइन : नीति शाह « Khabarhub

‘खजुरे ब्रो’मा अनुबन्ध भएर ‘रावायण’बाट निकालिएको होइन : नीति शाह


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल नीति शाह आफ्नो परिचय विस्तार गर्ने क्रममा छिन् । उनलाई अब दर्शकले नायिकाका रुपमा देख्न पाउने भएका छन् । उनको ‘डेब्यू’ फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ बाट प्रदर्शनमा आउँदैछ ।

नीतिले  ‘फेस भ्यालू’ भएका नायकको फिल्मबाट ‘डेब्यु’ गर्ने इच्छा देखाएकी थिइन् । उनले डेब्यु फिल्ममा प्रदीप खड्का र अनमोल केसीसँग सहकार्य गर्ने इच्छा देखाए पनि पूरा भएन ।

प्रदीपको व्यस्तताले उनी रहेको फिल्म छायाङ्कनमा निस्कने छाँटकाँट नै देखिएन । अनमोल रहेको फिल्म ‘रावायण’ किचलोमा फस्यो । अग्रिम भुक्तानी लिएर फिल्मबाट अनमोलले हात झिकेपछि यो विषय प्रहरीसम्म पुग्यो ।

सोहीकारण नीतिले ‘खजुरे ब्रो’ निर्माण घोषणा कार्यक्रममा भनेकी थिइन्– ‘डेब्यु गर्ने चाहना त अनमोल र प्रदीपसँगै थियो । भाग्यमा रेयर लेखेको रहेछ ।’

नीतिको डेब्यू फिल्को छायांकन सकिएको छ । यता रावायण पनि अनमोल र नीतिबाहेक कलाकारलाई लिएर बनाउने पक्का भएको छ । पछिल्लो जानकारी अनुसार रावायणमा पल शाह, पूजा शर्मा, प्रियंका कार्कीको अभिनय रहेने पक्का भएको छ । यता नीतिलाई भने ‘खजुरे ब्रो’मा अनुबन्ध भएका कारण फिल्मबाट निकालिएको चर्चा चलेको छ ।

यसबारेमा नीतिले खजुरे ब्रोको गीत सार्वजनिक कार्यक्रममा रावायण नबन्ने भएपछि आफू खजुरेमा अनुबन्ध भएको बताइन् ।

उनले भनिन्, ‘म मुम्बईमा अभिनय सिक्दै थिएँ । मलाई रावायणमा अफर गर्नु भयो अनि म आएँ । तर आन्तरिक कुरा नमिलेर त्यो फिल्म बनेन । रावायण बन्दैन भन्ने भएपछि मलाई खजुरे ब्रोमा अफर आएको हो ।’

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ०२ बजे

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने