‘खजुरे ब्रो’मा अनुबन्ध भएर ‘रावायण’बाट निकालिएको होइन : नीति शाह « Khabarhub

‘खजुरे ब्रो’मा अनुबन्ध भएर ‘रावायण’बाट निकालिएको होइन : नीति शाह


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल नीति शाह आफ्नो परिचय विस्तार गर्ने क्रममा छिन् । उनलाई अब दर्शकले नायिकाका रुपमा देख्न पाउने भएका छन् । उनको ‘डेब्यू’ फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ बाट प्रदर्शनमा आउँदैछ ।

नीतिले  ‘फेस भ्यालू’ भएका नायकको फिल्मबाट ‘डेब्यु’ गर्ने इच्छा देखाएकी थिइन् । उनले डेब्यु फिल्ममा प्रदीप खड्का र अनमोल केसीसँग सहकार्य गर्ने इच्छा देखाए पनि पूरा भएन ।

प्रदीपको व्यस्तताले उनी रहेको फिल्म छायाङ्कनमा निस्कने छाँटकाँट नै देखिएन । अनमोल रहेको फिल्म ‘रावायण’ किचलोमा फस्यो । अग्रिम भुक्तानी लिएर फिल्मबाट अनमोलले हात झिकेपछि यो विषय प्रहरीसम्म पुग्यो ।

सोहीकारण नीतिले ‘खजुरे ब्रो’ निर्माण घोषणा कार्यक्रममा भनेकी थिइन्– ‘डेब्यु गर्ने चाहना त अनमोल र प्रदीपसँगै थियो । भाग्यमा रेयर लेखेको रहेछ ।’

नीतिको डेब्यू फिल्को छायांकन सकिएको छ । यता रावायण पनि अनमोल र नीतिबाहेक कलाकारलाई लिएर बनाउने पक्का भएको छ । पछिल्लो जानकारी अनुसार रावायणमा पल शाह, पूजा शर्मा, प्रियंका कार्कीको अभिनय रहेने पक्का भएको छ । यता नीतिलाई भने ‘खजुरे ब्रो’मा अनुबन्ध भएका कारण फिल्मबाट निकालिएको चर्चा चलेको छ ।

यसबारेमा नीतिले खजुरे ब्रोको गीत सार्वजनिक कार्यक्रममा रावायण नबन्ने भएपछि आफू खजुरेमा अनुबन्ध भएको बताइन् ।

उनले भनिन्, ‘म मुम्बईमा अभिनय सिक्दै थिएँ । मलाई रावायणमा अफर गर्नु भयो अनि म आएँ । तर आन्तरिक कुरा नमिलेर त्यो फिल्म बनेन । रावायण बन्दैन भन्ने भएपछि मलाई खजुरे ब्रोमा अफर आएको हो ।’

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ०२ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र