इजरायली सेना अल-शिफा अस्पतालबाट फिर्ता « Khabarhub

इजरायली सेना अल-शिफा अस्पतालबाट फिर्ता


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल-शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ । 

इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ । यद्यपि इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।

प्रत्यक्षदर्शीको भनाइमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा सञ्चालित सञ्चार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल-शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकु मारिएको दाबी गरेको थियो । 

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरूमा आफ्ना लडाकु नरहेको बताउँदै आएको थियो । 

हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल-शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरू बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।

एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरूलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो । 

यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरूमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरू भइरहेका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : १६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको