शैक्षिकसत्रअगावै तनहुँमा पुगे पाठ्यपुस्तक « Khabarhub

शैक्षिकसत्रअगावै तनहुँमा पुगे पाठ्यपुस्तक


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दमौली– आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।

निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठ्यपुस्तक आइसकेका छन् ।

श्रेष्ठले भने, ‘पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठ्यपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।’ उनका अनुसार जिल्लाभरि ६५ पुस्तक व्यवसायी छन् । 

सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले जानकारी दिए । सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् । 

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताए।

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिए। 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ५२ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क