शैक्षिकसत्रअगावै तनहुँमा पुगे पाठ्यपुस्तक | Khabarhub Khabarhub

शैक्षिकसत्रअगावै तनहुँमा पुगे पाठ्यपुस्तक


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दमौली– आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।

निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठ्यपुस्तक आइसकेका छन् ।

श्रेष्ठले भने, ‘पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठ्यपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।’ उनका अनुसार जिल्लाभरि ६५ पुस्तक व्यवसायी छन् । 

सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले जानकारी दिए । सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् । 

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताए।

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिए। 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ५२ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको