क्युआर कोड स्क्यान गर्नुहुन्छ ? यस्ता छन् फाइदा « Khabarhub

क्युआर कोड स्क्यान गर्नुहुन्छ ? यस्ता छन् फाइदा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजभोलि सानोदेखि ठुलो भुक्तानी वा विज्ञापनमा लगायतका कामहरू गर्नका लागि धेरैजसो ठाउँमा क्युआर कोडहरू राखिएका हुन्छन् । साइकल पसल होस् वा ठूला व्यापारिक स्टोर, जताततै क्युआर कोडको प्रयोग बढेको छ ।  विद्युतीय माध्यमबाट कारोबार हुने भएकाले यो निकै सहज, छरितो र विश्वसनीय माध्यम बनेको छ। पछिल्लो समय नेपाललगायत विश्वका अधिकांश देशमा पनि कारोबारको भुक्तानी क्युआर कोडबाट नै हुन थालेको छ ।

स्मार्टफोन प्रयोग गर्नेले वाईफाई कनेक्ट गर्नकै लागि भए पनि क्युआर कोड स्क्यान गर्ने गरिन्छ ।

क्युआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक यसको प्रयोग गरेको मानिन्छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्युआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ ।  जसलाई स्क्यान गर्दा ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्छ ।

क्युआर कोडका फाइदा

–  बैंकिङ कारोबारमा क्युआर काेर्डकाे प्रयोग गर्दा अकाउण्ट नम्बर वा कुनै डिटेल बिग्रिन पाउँदैन । अर्थात् स्वचालित स्क्यानिङले मानवीय त्रुटि कम गर्छ ।

–  क्युआर कोडका माध्यमबाट अहिले अर्बौँ, खर्बौँसम्मको रकम क्युआर कोडबाट हुँदा कागजी नोटको प्रयोगमा राज्यको खर्च कम हुन्छ ।

–  उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत हुन्छ ।

–  क्युआर कोड प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ ।

–  पैसा हराउने समस्याबाट मुक्त भइन्छ ।

–  द्रुत स्क्यानिङले भुक्तानी प्रक्रियालाई गति दिन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ५७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच