बुटवल–नारायणगढ सडक निर्माणलाई तीव्रता दिन माग « Khabarhub

बुटवल–नारायणगढ सडक निर्माणलाई तीव्रता दिन माग


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरे। 

विस २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार सुरु भएको भन्दै यहाँले निर्माणमा असाध्यै ढिलासुस्ती भएको बताइन्। 

‘साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो’, उनले भनिन्, ‘तर अहिलेसम्म सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।’

निर्माण सुरु भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरेपनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उनको भनाइ छ । 

‘गत २०७९ साउनमा आयोजनाको म्याद सिद्धिएपछि एक वर्षको समय थप गरिएको थियो, म्याद थपिएको एकवर्षको समय सकिँदासम्म आयोजनाको प्रगति जम्मा ३८ प्रतिशत पुगेको थियो’, उनले थपे, ‘सो समयमा पनि काम सम्पन्न हुन नसक्दा गत भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले पुनः एक वर्षको समय बढाएको छ तर अझै सम्पन्न भएको छैन ।’

पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नुका साथै राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा रहेको यो महत्वपूर्ण मार्ग तीन वर्षको समय भए पनि पाँच वर्ष बित्दा पनि आधा काम सम्पन्न हुन नसक्नु लज्जास्पद विषय भएको उनले सदन समक्ष राखिन्।

 उक्त सडक खण्डबाट यात्रा गर्ने यात्रुहरू धुलो र हिलोका कारण सास्ती भोग्नु बाध्य भएका छन् भने सडक आसपासका बासिन्दा र व्यवसायीहरू झनै प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ३१ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता