जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिको निर्देशन « Khabarhub

जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिको निर्देशन


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक समस्या आएपछि संसदीय समितिले चासो व्यक्त गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सोमबार निगमका पदाधिकारीसँग छलफल गर्दै न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक देखिएको समस्याप्रति चासो व्यक्त गरेको हो ।

समितिले १५ दिनभित्र न्यारोबडी इन्जीन प्रकरणमा कुनै भ्रष्टाचार छैन भनी आश्वस्त पार्न निगमलाई निर्देशन दिएको छ ।

निगमले चित्तबुझ्दो जवाफ नदिए कारबाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

भ्रष्टाचार भएको जस्तो देखिने निगमभित्रका केही कामका विषयमा प्रमाणसहित समितिलाई प्रस्ट पार्न निगमलाई भनिएको सभापति यादवले बताए ।

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको बताए । लिजमा दिनुपर्ने अवस्थामा पनि समयमा नै इन्जिन लिजमा दिन नसकेको उनले बताउनुभयो । उनले अप्रिलको २२ तारिकसम्म दुई मध्ये एक इन्जिन तयार हुने दाबी गरे ।

अधिकारीले जहाज थप भएको खण्डमा निरन्तर उडान गर्ने भन्दै अहिले नाफा भन्दा पनि राष्ट्रिय दायित्व पुरा गर्न दुर्गम क्षेत्रमा उडान गरेको जानकारी दिए । उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

बैठकमा समिति सदस्यहरूले न्यारोबडी जहाजको इन्जिन मर्मत प्रक्रिया स्वाभाविक नदेखिएको धारणा राखेका थिए । समिति सदस्य उदय शमशेर जबराले यही व्यवस्थापनबाट निगमले अन्तर्राष्ट्रिय मात्रै नभई राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने नदेखिएको बताए ।

त्यस्तै समिति सदस्य योगेश गौचन थकालीले सम्झौता अनुसार सात दिनभित्र इन्जिन बनाउनुपर्ने भए पनि चार महिनासम्म जहाज नै ग्राउन्डेड भएर बस्नुपर्ने अवस्थाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । उडे पनि नउडेपछि पैसा दिनुपर्ने गरी इन्जिन भाडामा लिनुपर्ने अवस्थाले आशङ्का उत्पन्न भएको उनको भनाइ छ ।

त्यस्तै अन्य समिति सदस्यहरूले नागरिक उड्डयन प्राधिकरण र निगमको ढिलासुस्तीका कारण युरोपियन युनियनको कालोसूचीबाट हट्न नेपाललाई समस्या भएको धारणा राखेका थिए । यस विषयमा निगम भन्दा पनि क्यान गैर जिम्मेवार देखिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ३१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष