नागरिकमा आशा जगाउने सरकारको उद्देश्य : मन्त्री भण्डारी | Khabarhub Khabarhub

नागरिकमा आशा जगाउने सरकारको उद्देश्य : मन्त्री भण्डारी


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘यो कानुन आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशीलतालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरुले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ ।’

युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताए। नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ कि भन्ने सुझावप्रति पनि ध्यानाकर्षण भएको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले सदनमा उठेका सुझावप्रति धन्यवाद दिँदै उनले अब संसदीय समितिमा दफावार छलफल गरी विधेयकलाई समृद्ध बनाइने बताए । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले स्वीकृत गरेको छ ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रदीप पौडेल, रघुजी पन्त, शिशिर खनाल, महेन्द्रबहादुर शाही, सोविता गौतम, रञ्जुकमारी झा, डा स्वर्णीम वाग्ले, चन्दा कार्की, राजेन्द्रकुमार केसी, विद्या भट्टराई, गणेश पराजुली, मेटमणि चौधरी, ज्ञानु बस्नेत सुवेदी, निशा डाँगी, शेरबहादुर कुँवर, अशोककुमार चौधरी, नारायणी शर्माले आफ्नो धारणा राखे।

साथै सांसदहरू असिम शाह, दिलेन्द्रप्रसाद बडु, मनिष झा, सरिता भुसाल, माधव सापकोटा, किरणकुमार साह, रमा कोइराला, प्रेम सुवाल, दुर्गा राई, लालप्रसाद सावा लिम्बु, नागिना यादव, बासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रामप्रकाश चौधरी, प्रतिमा गौतम, विमला सुवेदी, नारायणप्रसाद आचार्य, अमृतलाल राजवंशी, हितराज पाण्डेले पनि भनाइ व्यक्त गरेका थिए ।

बैठकमा आजै सभामुख देवराज घिमिरेले संसदको संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाई समितिमा पदम गिरीको स्थानमा सुनिता बरालको नाम हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो । 

बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि चैत २० गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ५८ बजे

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको