म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ « Khabarhub

म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

याङ्गोन म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ । 

चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगीका काम गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ । 

त्यस्ता प्रकारको अपरेसनहरू गर्न बेइजिङले म्यान्मारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो । 

चीन सरकारले आफ्ना म्यानमार समकक्षीलाई म्यान्मारको शान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो ।

म्यान्मार प्रहरीले विज्ञप्ति मार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा आठ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ परेकामध्ये तीन सय ५२ जना चिनियाँ नागरिकलाई आइतबार नै चीन पठाइएको छ । पक्राउ परेका अन्य व्यक्तिहरु सबै म्यान्मारका नागरिक हुन् ।

म्यान्मारको सीमाक्षेत्रमा कम्तिमा एक लाख २० हजार मानिसलाई बन्धक बनाएर विभिन्न गैरकानुनी धन्धामा संलग्न गराएको भन्दै गत वर्ष संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जानकारी दिएको थियो ।

विद्रोहीहरुको कब्जामा रहेको शान राज्यको लउकाई शहरमा ती मानिसलाई बन्धक बनाएको पाइएको छ । जातीय अल्पसंख्यक सशस्त्र समूहहरूले संगठित अपराध गर्ने ठाउँहरुलाई ध्वस्त बनाउने जानकारी गराएका छन् । 

गत वर्ष मात्र म्यान्मारमा साइबर अपराधमा भाग लिएका शंकास्पद ४० हजार भन्दा बढी व्यक्तिलाई चीन पठाइएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ४९ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप