पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान | Khabarhub Khabarhub

पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् ।

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताए ।

“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रुपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भने, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु छन्, ती मुद्दाहरुलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनिकरण गर्न थालिएको छ ।” ती मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उनको भनाइ थियो ।

उनी सर्वोच्चमा आउनुअघिका मुद्दाहरु विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उनले बताए । मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उनको भनाइ छ । सर्वोच्च अदालतको सुधारको प्रक्रियामा लागेको उनले जिकिर गरे । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उनले स्पष्ट पारे ।

अदालतले गरेको काम कारबाही तुलनात्मक रुपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उनले जानकारी दिए । अदालतहरुमा कर्मचारी र न्यायाधीशहरुको व्यवस्थापन मुद्दाको चापअनुसार भइरहेको उनको भनाइ थियो ।

जीर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ५२ बजे

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक