गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो « Khabarhub

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गाजा – इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।

उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।

इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टा पछि सोमबार मन्त्रालयले सो विज्ञप्ती जारी गरेको हो ।

“इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ०६ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली