च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल मड्रिड र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २–१ को अग्रता लिएको थियो ।

बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक–एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल मड्रिडका भिनिसियलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरी बराबरीमा ल्याएका थिए ।

अब सेमिफाइनलको दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।

यस्तै आज राति दोस्रो सेमिफाइनल अन्तर्गत बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ३९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु