इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने « Khabarhub

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् ।

लिम्बूले इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला उल्लेख गर्दै इलामेली युवा मिलेर छिट्टै कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्ने बताएका छन् ।

उनले किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भइसकेको र सम्भावित बजारको समेत अध्ययन गरिरहेको बताए ।

उनले भने, ‘हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’

उनले भनेका छन्, ‘हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुनेछौँ ।’

उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्ना लागि राजनीति सेवा र जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेसा हुने उल्लेख गरेका छन् ।

इलाम–२ मा गत शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलनले ५ हजार ५० मत ल्याएका थिए । जहाँ उनको जमानत समेत जफत भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ३८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल