इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने « Khabarhub

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् ।

लिम्बूले इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला उल्लेख गर्दै इलामेली युवा मिलेर छिट्टै कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्ने बताएका छन् ।

उनले किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भइसकेको र सम्भावित बजारको समेत अध्ययन गरिरहेको बताए ।

उनले भने, ‘हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’

उनले भनेका छन्, ‘हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुनेछौँ ।’

उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्ना लागि राजनीति सेवा र जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेसा हुने उल्लेख गरेका छन् ।

इलाम–२ मा गत शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलनले ५ हजार ५० मत ल्याएका थिए । जहाँ उनको जमानत समेत जफत भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ३८ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले