घरमा समीको बिरुवा रोप्दा के हुन्छ ? « Khabarhub

घरमा समीको बिरुवा रोप्दा के हुन्छ ?


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी केही बिरुवाहरूमा भगवानले वास गरेको मानिन्छ ।

त्यस्तै एक विरुवाको चर्चा गर्दा पहिलो नम्बरमा आउँछ समी ।  घरमा यो बिरुवा रोप्दा मानिसको जीवनमा धेरै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

समीको बिरुवामा भगवान शिवको बास रहेको जनविश्वास छ । यो रूख निकै पवित्र मानिन्छ । घरमा समीको बिरुवा लगाउनाले महादेवको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ ।

वास्तु विज्ञका अनुसार कसैको कुण्डलीमा शनिदोष वा शनिको प्रभाव छ भने घरको दक्षिण दिशामा समीको रूख रोप्नुपर्छ । जसले  शनि दोषलाई हटाउन सक्छ ।

शनिबार पारेर समीको रूख रोप्नु अत्यन्तै शुभ मानिन्छ । वास्तुशास्त्र अनुसार यो बिरुवा सधैँ घरको मुख्य ढोकाको देब्रेपट्टि राख्नुपर्छ। यसले घरमा सधैँ सकारात्मक ऊर्जा ल्याउँछ, जसले हाम्रो जीवनमा राम्रो प्रभाव पार्छ ।

साँझ समीको बोट नजिक दीप प्रज्वलन गर्नाले आर्थिक अवस्था पनि मजबुत हुने जनविश्वास छ । साथै नजिकै हरेक साँझ घ्यूको दियो बाल्दा विवाहमा आउने सबै बाधाहरू हट्ने मान्यता छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ११ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको

‘एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा पर्न सक्छ’

काठमाडौं – युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता

आज सीता र रामको विवाह पञ्चमी मनाइँदै

काठमाडौं – त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार