भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी « Khabarhub

भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा भोलिदेखि तीन दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका दशवटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने लागेको उक्त कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिनेछन् ।

निर्देशक योगीका अनुसार प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् ।

उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४० हजार, २० हजार र ३० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ४९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने