सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ५३ बजे

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

काठमाडौं– आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर

इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए

लेबनान – बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।

न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी

श्रीलंका – घरेलु मैदानमा श्रीलंकाले न्युजिल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा

एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित

काठमाडौं – युरोपेली नेसन्स कप फुटबलको आइतबार राति भएको खेलमा