नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग | Khabarhub Khabarhub

नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले खाद्य सहयोग गरेको छ ।

तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमाणमा मैदाको साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए ।

तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ५४ बजे

सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको