अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल « Khabarhub

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् । 

सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।

हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिदहरू सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताए  ।  

यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउँदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्यूज जनाएको छ ।  

हेरात सहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीहरूले दुई शिया पादरीसहितका बासिन्दाहरूलाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो ।  उक्त आक्रमणमा दुई जना महिलासहित छ  जनाको मृत्यु भएको थियो । 

हेरातका बासिन्दाहरूले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान जारी छ । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ४७ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै