श्रमिकलाई लक्षित गर्दै सरकारले ल्यायो ‘श्रमाधान कार्यक्रम’ « Khabarhub

श्रमिकलाई लक्षित गर्दै सरकारले ल्यायो ‘श्रमाधान कार्यक्रम’


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ । 

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिकहरूको समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सार्वजनिक गरेका हुन् । श्रमाधान कार्यक्रम मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा समाधान गर्ने मन्त्री अर्यालले बताए । 

उक्त कार्यक्रम अन्र्तगत इन्द्रेणीका सात रङअनुसार विभिन्न योजना रहेको उनले बताए । जसअनुसार सीपको प्रयोग, रोजगार बैंक, श्रमिक कानून, कल सेन्टर लगायत रहेको मन्त्री अर्यालले जानकारी दिए ।

उनले यसअघि मन्त्रालयले श्रमिक कल सेन्टर सञ्चालनमा ल्याएपछि त्यसले मात्रै सबै समस्या समाधान गर्न नसकेका कारण त्यसलाई वृहत रूप दिँदै नयाँ श्रमाधान योजना तयार गरिएको जिकिर गरे । उनले मन्त्रालयलाई विदेश मान्छे पठाउने मन्त्रालयको भाष्यलाई परिवर्तन गर्दै देशमा नै रोजगारी सिर्जना गर्न आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिए ।

आन्तरिक रोजगार सिर्जना गर्ने र देशभित्रै स्वरोजगार बनाउनेमा सरकारको ध्यान केन्द्रित रहेको उनले बताए । मन्त्री अर्यालले सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका साथै सफल बनाउन आह्वान समेत गरे। 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ०७ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज