जापानमा ९० लाख घर खाली « Khabarhub

जापानमा ९० लाख घर खाली


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन्  २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।  

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउँछ ।  जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।  

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् । 

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् । 

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच-पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ ।

सन् १९७३ मा खाली घरहरूको सङ्ख्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ३७ बजे

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।