अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध « Khabarhub

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

‘जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन्,’ उनले भने ।

उनले चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गरेका छन् । उनका अनुसार जाडोयाममा बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगी बढी जोखिम हुने गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने बताए । 

‘चिसोका कारण उत्पन्न हुने सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन, धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिनसी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसम अनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने हुन्छ’, उनले भने । रासस
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ०१ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको