जंगलमा लागेको आगो सल्किँदा दुई घर जलेर नष्ट « Khabarhub

जंगलमा लागेको आगो सल्किँदा दुई घर जलेर नष्ट


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । 

जंगलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मंगलबार साँझ ७ बजेतिर जंगलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए।  

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र  २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए।

 उनका अनुसार  चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ५४ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो