जंगलमा लागेको आगो सल्किँदा दुई घर जलेर नष्ट | Khabarhub Khabarhub

जंगलमा लागेको आगो सल्किँदा दुई घर जलेर नष्ट


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । 

जंगलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मंगलबार साँझ ७ बजेतिर जंगलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए।  

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र  २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए।

 उनका अनुसार  चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ५४ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान